सुनाखरी न्युज/ काठमाडौँ ।
मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ।तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
त्यस्तै १३० जना भन्दा बढी घाइते रहेको पनि समाचारमा उल्लेख छ। सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।बिहान ६:५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।
काठमाडौंको स्युचाटारमा एक जना पुरूषले घरको छतबाट हामफालेर घाइते भएका छन्।अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।