सुनाखरी न्युज/ काठमाडौँ ।
कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । बुधबारप्रतिवादीकातर्फका अधिवक्ताहरूको बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो ।स्रेस्तेदार खनालका अनुसार आज बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ । त्यसपछि भोलि बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ ।
जवाफी बहस सकिएपछि आदेश आउने छ ।सम्भवत बिहीबारसम्ममा आदेश आउनसक्ने स्रेस्तेदार खनालले बताए ।आदेश आउने समय नजिकिएसँगै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।