२०८१ चैत्र २३ , आइतवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट,सात अर्ब ३० करोडको कारोबार

Share

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।गत साताको बुधबारदेखि बढ्न थालेको नेप्सेले अघिल्लो कारोबार दिनको बुधबारसम्म निरन्तरता दिएको थियो।

बिहीबार भने नेप्से १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार छ अर्ब ४० करोडको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब ३० करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३०८ वटा धितोपत्रको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको हो।बिहीबार ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।