२०८१ पुष २६ , शुक्रवार

आठौ संस्करणको विराट एक्स्पो माघ ११ देखि

Capture

सुनाखरी न्युज/ विराटनगर ।

आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले माघ ११ देखि २० गते सम्म उद्योग संगठन मोरङले विराटनगरको डिग्री क्याम्पसको मैदान आयोजनागर्ने आठौ संस्करणको विराट एक्स्पोमा औधोगिक उत्पादन र व्यापारिक वस्तुको प्रर्दशनी मात्र हुने छैन ।एक्स्पो २०२५ डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा सञ्चालन हुने विशुद्ध यो औद्योगिक एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ता वीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदन प्रदान गर्ने मात्र नभएर उद्यमी व्यवसायीलाई व्यवसायीक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न र नविनतम व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्यत पुग्ने विश्वास आयोजकको रहेको बताइएको छ ।

संगठनले २०५३ सालमा पहिलो एक्स्पोको रुपमा कोशी महोत्सवको नामबाट गरेको थियो । २०८१ मा विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो मुलुकमा आयोजना हुने अन्तरािष्ट्रय स्तरका औद्योगिक एक्स्पो मध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डका रुपमा स्थापित भएको संगठनको दाबी छ । आठौ संस्करणको विराट एक्स्पोले नविनतम व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्यत पुग्ने अपेक्षामा एक्स्पोमा विराटनगर इन्कुवेशन सेन्टरको स्थापना गर्दै छ । संगठनले विगत तिन बर्षदेखि सञ्चालन गर्दै सफलता हात पार्दै आएको स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई थप व्यवस्थीत वनाउन चालु वर्षदेखि संघीय सरकारले उद्योग संगठनसँग बजेट सहितको सहकार्य गरेको छ । नीजि क्षेत्रबाट संगठन, शैक्षिक क्षेत्रबाट पूर्वाञ्चल विश्वविद्यालय, स्थानीय सरकारबाट बिराटनगर महानगरपालिकाको समेत सहकार्यमा यो कार्यक्रमलाई संस्थागत गर्न एक्स्पोमा बिराटनगर इन्कुबेशन सेन्टरको स्थापना गरिदैछ ।

संगठनले वितग तीन वर्ष देखि युवा उद्यमशिलता प्रवद्र्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पु¥याउने उद्देश्यले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम तेश्रो चरणमा संचालन भईरहेको छ ।इन्कुबेशन सेन्टरको औपचारिक सुरुवात र परीक्षणकालागि डेमो इन्कुबेशन कार्यक्रम सञ्चालन गर्न विराट एक्स्पोमा भिजन कोशी हकाथन सञ्चालन गरिदैछ । यो हाकाथनमा नयाँ व्यवयसायिक सोच र विचार भइएका युवाहरु वीच १० दिन सम्म प्रतिष्पर्धा गराईने  संगठनले जनाएको छ ।

नविनतम व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यले राखिने यो पेभिलियनमा कृषि, उद्योग र पर्यटन क्षेत्रका समस्यालाई प्रविधिमा आधारित बिजनेश विकास गर्न इच्छुक युवाहरुको छनौट गरी १० दिने कार्यसालामा समाधान निकाल्ने गरि ह्याकथुन कार्यशालामा राखिनछ । उक्त कार्यशालामा छनौट भएका स्टार्टअपहरुलाई आवश्यक पर्ने सबै प्रकारको सेवा उपलध गराएर मकअप प्रोटोटाइप बनाउन सहयोग गरिने र अन्त्यमा सबै प्रतिष्पर्धीहरुले थप व्यवासायीक सेवा, इन्भेष्टरहरुसँग प्रत्यक्ष भेट, तथा उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिने संगठनले जनाए ।