२०८१ पुष २६ , शुक्रवार

फ्लाइट क्यान्सिल गरेर स्थलमार्गबाट काठमाडौँ आउँदै रवि

rabi

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् ।

‘उहाँ स्थलमार्ग हुँदै काठमाडौं जानुभएको छ,’ कार्यबाहक प्रवक्ता झाले भने, ‘अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी उहाँ हिंड्नुभएको छ ।’हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् ।‘धेरै ठूलो समूह भयो, गाडी मै जाऔं म पनि सँगै जान्छु भन्नुभयो,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘यत्रो दिनको साथ पाएँ, अब म छुटेँ, तपाईंहरू चाहिँ बस्नुस् भन्ने कुरा पनि भएन ।’

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।आदेशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए ।