२०८१ पुष २८ , आइतवार

मन्त्रिपरिषद्बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनको विधेयक स्वीकृत

Oli Cabinet New 2081

सुनाखरी न्युज/ काठमाडौँं।

मन्त्रिपरिषद्बाट  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक स्वीकृत भएको छ । मन्त्रिपरिषद्ले  दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको गृह मन्त्री रमेश लेखकले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।

गृहमन्त्री लेखकले पद बहालीसँगै प्रहरी र सशस्त्रको नयाँ ऐन निर्माणमा जोड दिँदै आएका थिए ।

मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृहमन्त्री लेखक नेतृत्वको विधायन समितिमा छलफल भएको थियो । सो विधेयक आगामी संघीय संसद्मा पेस गरिने मन्त्री लेखकले जानकारी दिए ।