२०८१ पुष २९ , सोमवार

मञ्जुश्री फाइनान्सको सत्रौ वार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा मिति २०८१ पौष २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भएको हो ।साधारण सभाबाट आ.व. २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित  गरेको छ ।

साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम , गरि ४ (चार) जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन् ।

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित गरेको छ ।