सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको पर्यटन र प्राविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनको लागी देशकै अग्रणी भ्याकेसन रेन्टल र होटल बुकिङ प्लेटफर्म बासियोले मोरु डिजिटल वालेटसँग सहकार्य गरेको छ। यो साझेदारीले मोरुका लाखौं प्रयोगकर्ताहरूलाई होटल बुकिङ सेवा सोझै मोरु एपमार्फत उपलब्ध गराउने उद्देश्य राखेको बताइएको छ।
डिजिटल यात्रा सेवामा नयाँ अध्याय
यो सहकार्यसँगै, मोरुका प्रयोगकर्ताहरूले अब बासियोले प्रदान गर्ने होटल तथा आवासको सूची हेर्न र बुक गर्न सक्नेछन्। बुटिक होटलहरूदेखि होस्टल र विलासी रिसोर्टहरूसम्मको सुविधा एकै एपमा उपलब्ध हुनेछ, जसले छुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने आवश्यकता हटाउँछ र बुकिङ तथा भुक्तानी प्रक्रियालाई थप सहज बनाउँछ।
“हामी मोरु डिजिटल वालेटसँग सहकार्य गर्न पाउँदा अत्यन्तै उत्साहित छौं,” बासियोका सीईओ दिपक पौडेलले भन्नुभयो। “यो सहकार्यले नेपालमा होटल बुकिङ सेवालाई धेरै प्रयोगकर्ता सम्म पुर्याउन सहयोग गर्छ र यो सहकार्यले मोरु प्रयोगकर्ताहरूका लागि थप सेवा प्रदान गर्नुका साथै नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग गर्नेछ।”बासियोले हाल आफ्ना प्रयोगकर्ताहरुको लागि पहिलो होटल बुकिङमा १०% विशेष छुट र अरु आकर्षक अफरहरू उपलब्ध गराई रहेको छ।
के हो बासियो
बासियो नेपालकै प्रमुख भ्याकेसन रेन्टल र होटल बुकिङ प्लेटफर्म हो। नेपालमा पर्यटकहरूका लागि बजेट–अनुकूल र विश्वासिलो आवास खोज्ने एउटा राम्रो प्लेटफर्मको अभाव थियो। ‘बसियो’ प्लेटफर्म त्यसैलाई मध्यनजर गरेर तयार पारिएको हो, ताकि कुनै पनि पर्यटकहरूलाई नेपाल घुम्दा सानो होमस्टे र लजदेखि ठूला होटल एकै ठाउँमा खोज्न र बुकिङ गर्न सजिलो होस् बसियोले स्थानीय समुदाय, महिलाद्वारा सञ्चालित होमस्टे, सस्तो होटलदेखि पाँचतारे होटलहरूलाई आफ्नो प्लेटफर्ममा समेट्दै नेपालका स्थानीय व्यवसायको डिजिटल पहुँचलाई विस्तार गर्न मद्दत गरिरहेको छ। तपाईं पनि घुम्न जानु अगाडि कोठा बुकिङका लागि बसियो एपलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ।