२०८१ पुष २९ , सोमवार

माघका लागि नयाँ ब्याजदर साार्वजनिक, १८ को स्थिर, दुईको हेरफेर

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

माघका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत राखेका छन् ।

नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका लागि अधिकतम ५।५ प्रतिशत कायम गरेको हो ।

 

यस्तै कृषि विकास बैंकले पुसमा ५.५७ प्रतिशत रहेको ब्याजदर माघका लागि ५.५१ प्रतिशत कायम गरेको हो । माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा एनएमबी र एनआईसी एसिया छन् । दुवै बैंकले ६.६ प्रतिशत ब्याजदर दिने भएका हुन् ।

आर्थिक वर्ष तेस्रो त्रैमासदेखि ब्याजदर केही परिवर्तन हुने अपेक्षा भए पनि बैंकहरू तत्काल ब्याजदर बढाउने पक्षमा नरहेको देखिन्छ । अहिले पनि बैंकिङ प्रणालीमा ३ खर्बभन्दा धेरै अधिक तरलता भएर राष्ट्र बैंकले प्रशोचन गर्नुपर्ने अवस्था छ ।

 

कर्जा मागमा ठूलो परिवर्तन भएको र दुई महिनापछि सरकारले पूँजीगत खर्च बढाउँदै जाँदा निक्षेपमा थप बढ्ने भएकाले चालु आव ब्याजदर बढी हाल्ने अवस्था नरहेको बैंकर बताउँछन् ।