२०८१ पुष २९ , सोमवार

१५.५४ अंकले घट्यो नेप्से, ६ अर्ब ६५ करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।गत बिहीबारदेखि घट्न सुरू गरेको नेप्सेले यस दिन पनि निरन्तरता पाएको हो।सोमबार नेप्से १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।

गत कारोबार दिन अर्थात् आइतबार तीन अर्ब ९९ करोडको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ६६ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३२२ वटा धितोपत्रको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर किनबेच भएको हो।सोमबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ वटाको घटेको छ। यस्तै पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।