सुनाखरी न्युज/ काठमाडौं ।
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सोमबार, अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,४३,०९,७१,३०२.५५ (तीन अर्ब त्रिचालीस करोड नौ लाख एकहत्तर हजार तीन सय दुई रुपैयाँ पचपन्न पैसा)को ३.६५१६ प्रतिशत १२,५२,८४,४१७/-बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम रु. ६५,९३,९१७/- नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,५५,६२,५५,७१९.५५ पुगेको छ ।साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।