सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली राजदूतावास, बेइजिङमा १० औं राष्ट्रिय योग दिवस मनाउनका लागि राजदूतावासका कूटनीतिक कर्मचारी, परिवारका सदस्यहरू एवं स्थानीय कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरिएको दूतावासले बताएको छ ।
उक्त अवसरमा जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत महामहिम डा. कृष्ण प्रसाद ओलीले शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको महत्वको वारेमा प्रकाश पार्दै उपस्थित सम्पूर्ण सहभागीहरूलाई योग अभ्यास गराए। कार्यक्रम पश्चात् सहभागी महानुभावहरूले राम्रो अनुभूति भएको जनाउँदै नियमित योग अभ्यास गर्न प्रयत्न गर्ने बताए।
आज माघ १ गते योग दिवसका साथसाथै नेपालीहरूको विशेष पर्व मकर संक्रान्ति समेत परेकाले योग कार्यक्रमको समापन पश्चात् मकर संक्रान्ति समेत मनाइएको दूतावासले जानकारी दिएको छ ।