२०८१ माघ २ , बुधवार

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ बङ्गलादेशमा प्रतिबन्ध

Capture

सुनाखरी न्युज/ नयाँ दिल्ली  ।

बलिउड अभिनेत्री कंगना रनौतको निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’ बङ्गलादेशमा प्रतिबन्धित गरिएको छ । भारत र बङ्गलादेशबिचको तनावपूर्ण सम्बन्धका कारण यो निर्णय गरिएको हो ।

इमर्जेन्सी १९७५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा लगाएको आपतकालमा आधारित छ । बङ्गलादेशमा इमर्जेन्सीको प्रदर्शन रोक्ने निर्णय भारत र बङ्गलादेश बिचको वर्तमान तनावपूर्ण सम्बन्धसँग जोडिएको आईएएनएसले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ ।

भारतमा जनवरी १७ मा यो फिल्म रिलिज हुँदैछ । बङ्गलादेशमा प्रतिबन्धको सामना गर्ने इमर्जेन्सी एक मात्र भारतीय फिल्म होइन । यसअघि पुष्पा २ र भूल भुलैया ३ जस्ता फिल्महरूलाई पनि त्यहाँ रिलिज गर्न रोक लगाइएको थियो ।