सुनाखरी न्युज/ काठमाडौं ।
अघिल्ला वर्षहरु जस्तै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सवको आठौ संस्करण चैत्र ७ गते देखी ११ गते सम्म हुने कुरा घोषणा गर्न पाउँदा हामी गौरवान्वित महसुस गरिरहेका छौँ । अघिल्ला वर्ष झैँ फेस्टिभलमा यो वर्ष पनि विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट चलचित्रहरू देखाइने छन् भने समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूको रोचक र अर्थपूर्ण छलफलका सत्रका साथै विभिन्न मास्टर क्लास र कार्यशालाहरु पनि सञ्चालन हुनेछन्।
७० देशबाट प्राप्त ६०० भन्दा धेरै चलचित्रबाट निफको आठौ संस्करणमा ४० देशका ८७ वटा चलचित्रहरू छानिएको जानकारी गराउन चाहन्छौँ । छनौटमा परेका थुप्रै चलचित्रहरु बुसान, कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।
फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले बर्गिकरण गरी, दुबै बर्गिकरणमा फिचर र लघु चलचित्र, साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । प्रविधिमा आएको विकासलाई आत्मासात गर्दै र दर्शकहरुलाई नयाँ स्वाद दिनको लागि यो बर्षबाट ए आई प्रविधिबाट वा सो सम्बन्धी बिषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको जानकारी गराउन चाहन्छौँ । यसले दर्शकहरुलाई नयाँ प्रविधिसँग पनि साक्षातकार गराउने विश्वाश लिएका छौँ ।यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू QFXसिनेमाका सिभिल मल र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्। यसका निमित्त QFXसिनेमा घरसँग अघिल्ला बर्षझै यस बर्षपनी सहकार्यलाई निरन्तरता दियिएकोछ। साथ साथै पर्यटन बोर्डको हल र रस्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र सम्वादहरु सन्चालन गरिने छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलर राशि सहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ को तर्फ बाट,IFFS Don Quixote Awardप्रदान गरिनेछ ।महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ भने AI चलचित्रलाई ५०० अमेरिकि डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिने छ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०(५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।रास्ट्रीय सर्ट फिल्म मध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने रास्ट्रीय फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी द्वारा सम्मानित गरिने जनाइएको छ ।