सुनाखरी न्युज/ काठमाडौं ।
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ।नेप्से ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा बन्द भएको छ।यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार ५ अर्ब ८२ करोडको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १० करोड रूपैयाँ वृद्धि भएको हो।आज २९६ वटा धितोपत्रको १ करोड १७ लाख ३५ हजार ७१५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।