२०८१ चैत्र ३० , आइतवार

गोरखा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा बराइली

gorkha

सुनाखरी न्युज/ काठमाडौं ।
गोरखा सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा रेनु बराइली (रुबिन) सर्वसम्मत चयन भएका छन् । संघको शनिबार भएको आठौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनले रुबिनको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल सुन चाँदी वयवसायी महासंघका सभापति अर्जुन रसाइलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, मओवादी केन्द्र गोरखाका लेख बहादुर थापा, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवानबाबु मास्के, सुन चाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापति चन्द्र किशोर गौतम, महासंघका केन्द्रिय सचिव निर्मल ज्वलीलगायतले मन्तव्य राखेका थिए । गोरखा सुन चाँदी व्यवसायी संघ गोरखाका अध्यक्ष टेक बहादुर वि.कको अध्यक्षतामा कार्यक्रम भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर सुनार (राजु), प्रथम उपाध्यक्ष दयाराम सुनार, द्वितीय उपाध्यक्ष राजकुमार वि।क, महासचिवमा दिनेशबाबु वि।क निर्वाचित भएका छन् । त्यस्तै सचिवमा गोकर्ण सुनार, कोषाध्यक्षमा कमल पन्थी र सह–कोषध्यक्षमा सिताराम घिमिरे चयन भएका छन् ।

सदस्यहरुमा क्रमश सोमबहादुर सुनार, पदम सुनार, कृष्ण वि.क (बुंकोट), खेम सुनार, कुशलबाबु घताने, साजन ढुङ्गाना, अमर गहतराज, टिकाराम सुनार र दिपेश सुनार निर्वाचित भएको सुन चाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका उप–सभापति कृष्ण वि.कले बताए । कार्यक्रमका उपस्थितहरुले बजारमा सहज रुपमा सुन उपलब्ध गराइदिन माग गरेका छन् ।