२०८१ माघ २१ , सोमवार

 आज नेपालले स्कटल्याण्डसँग खेल्दै

lady cricket

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ ।मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेल दिउँसो १२: १५ बजे स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।क्यानले पूजा महतोको कप्तानीमा यु-१९ महिला टी- २० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको हो। स्कटल्याण्डको कप्तानमा नियाम मुइर छिन्। स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ ।