२०८१ चैत्र १९ , बुधवार

‘सूचना प्रविधि उद्योगिका लागि सकारात्मक सन्देशस् आईटी उद्योग प्रवर्धनमा सरकारको दूरगामी कदम’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँस् नेपाल – नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई।टी। सर्भिसेज कम्पनीज् ९नासआईटी० हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणप्रति स्वागत तथा आभार व्यक्त गर्दछ। नासआईटीको पहल र नीतिगत वकालतको परिणामस्वरूप, हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानूनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरुको शुरुवात गरेको छ। यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउनेछ। नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरुद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ।

यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जानेछ, जसले समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्‍याउनेछ। सरकारले यस आर्थिक बर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि ९आईटी० उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने हाम्रो विश्वास छ ।

सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग, र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न विभिन्न पहलहरू गर्नुले सरकारले दीर्घकालीन र नवीन सूचना प्रविधि प्रणाली निर्माण गर्ने लक्ष्य लिएको नासआइटिको विश्वास छ र यसमा हामी सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार छौ । नेपालको सूचना प्रविधि उद्योगले शुरुवाती अवस्थाबाट क्रमिक प्रगतितर्फ यात्रा गरिरहेको छ। यस क्रममा विदेशी लगानीकर्ताहरु र देशभित्र रोजगारी सृजना गर्ने रोजगारदाताहरुको संलग्नता उल्लेखनीय रूपमा बढिरहेकोछ । नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानून संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ। यसका लागि सबै सरकारी र सरोकारवाला निकायहरुबीच आवश्यक समन्वयात्मक कार्य गराउन नासआईटी आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्दछ।

नासआईटीको परिचय

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई।टी। सर्भिसेज कम्पनीज् ९नासआईटी० सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरुको आधिकारिक प्रतिनिधित्व गर्ने संस्था हो। यस संस्थाले आफ्नो स्थापना कालदेखि नै आफ्ना सदस्यहरुसँग सम्बन्धित कानूनी, नीतिगत, र अन्य सामूहिक सवालहरुमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व निर्वाह गर्दै आएको छ। यस संस्थाले सूचना प्रविधि उद्योगको विकास र यसका माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन निरन्तर प्रयासरत रहँदै आएको छ।