२०८१ माघ २१ , सोमवार

१ करोड बैंक ग्यारेन्टीमा छुटे रवि लामिछाने

Rabi

सुनाखरी न्युज/ काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।

लामिछानेले बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका हुन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले आइतबार  बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोही अनुसार उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् ।