२०८१ फाल्गुन ८ , बिहिवार

महिला टी-२० आई शृंखला : नेदरल्याण्ड्सले दियो नेपाललाई १५८ रनको विशाल लक्ष्य

lady crickter

सुनाखरी न्युज/ काठमाडौँं ।

त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो खेल अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १५८ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन जोड्यो । नेपाल क्रिकेट सङ्घ ( क्यान)  ले आज विज्ञप्ति निकालेर खेल तालिका परिवर्तन भएको जानकारी गराएको हो । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला माघ १७ देखि २५ गतेसम्म नै हुनेछ । तर खेल हुने दिन भने परिवर्तन भएको छ । उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् । नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक-एक विकेट लिए । नेपालले महिला टी-२०आईमा पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य ११६ रनको हो । यो लक्ष्य नेपालका लागि चुनौतिपूर्ण हुनेछ ।

नेपालका लागि दुई खेलाडीले डेब्यू समेत गरे । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३- ३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।