२०८१ फाल्गुन ८ , बिहिवार

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

lady crickter

 

सुनाखरी न्युज/ काठमाडौँं ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले २८, कविता जोशीले २७, पूजा महतोले २४ र रुविना क्षेत्रीले ११ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन जोडेको थियो ।यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनायो । नेदरल्यान्ड्सकी रोबिन रिज्केले ५९, आइरिस ज्विलिङ्गले ३१ रन बनाए । दुवै जना नटआउट रहे । नेपालकी कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले १/ १ विकेट लिए ।

यो खेलमा एलिसाकुमारी यादव र मनिषा उपाध्यायले नेपाली महिला राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । एलिशा नेपालको यू- १९ विश्‍वकप टोलीमा थिइन् भने मनिषाले यसअघी यू- १९ टोलीबाट खेलेकी थिइन् । उनी भर्खरै सम्पन्न महिला पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडी समेत थिइन् ।

आजदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने श्रृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । यस शृङ्खलामा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्याण्ड पनि छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० श्रृङ्खलाको पूर्व सन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो ।