२०८१ चैत्र ३० , आइतवार

सुनको मूल्य घट्यो

gold

सुनाखरी नयुज/ काठमाडौं ।

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९८५ मा किनबेच हुनेछ ।

रासस