सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य भन्सार घटेपछि पनि पुनः रेकर्ड ब्रेक नजिक छ । नेपाली बजारमा सुनको मूल्य सातामा तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । माघ २५ देखि फागुन २ गतेसम्मको अवधिमा छापावाल सुनको मूल्य वृद्धि हुँदै १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ थियो । जबकि हिजो शुक्रबार सुनको मूल्य बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २७ गते १ लाख ६८ हजार २००, २८ गते १ लाख ६९ हजार ६००, २९ गते १ लाख ७० हजार २०० रुपैयाँ कायम भयो । तर, ३० गते फेरि घटेर १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसपछि भने फेरि बढ्न पुग्यो । जसअनुसार फागुन १ गते १ लाख ६९ हजार ८०० रुपैयाँ पुगेको सुन फागुन २ मा थप बढेर १ लाख ७० हजार २०० पुगेको हो ।
यो मूल्य भन्सार दर घटेपछिको पनि रेकर्ड नजिकको हो । भन्सार दर घट्नुअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
यसैबिच यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य भने यो साता १५ रुपैयाँ घटेको छ । माघ २५ गते १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २७ गते १ हजार ९६०, २८ गते १ हजार ९७५, ३० गते १ हजार ९३०, फागुन १ हजार ९६५ र २ गते अर्थात् हिजो शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।