२०८१ चैत्र ३० , आइतवार

आजको मौसमः स्थानीय वायु सक्रिय, यी प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

weither

सुनाखरी न्युज/ काठमाडौं ।

पहाडी भू-भागमा आज पनि  मौसम बदली भएको छ । पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ ।

 

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।