सुनाखरी न्युज/ काठमाडौं ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बनिनिया टोलकी २० वर्षीया अञ्जली यादवको शव घरभित्र गाडिएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाकी २० वर्षीया अञ्जलीदेवी यादवको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा प्रहरीले उत्खनन गरी निकालेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार अञ्जलीका श्रीमान हरेराम यादव फरार छन्। केहि दिनदेखि यादब एक्कासी हराएकी थिइन । स्थानीयवासीले उनी हराएको र उनको श्रीमान्समेत घरमा नभएको बिषय प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अनुसन्धानको क्रममा शनिबार दिउँसो १ बजे यादबको घरबाट गाडिएको अवस्थामा शव वरामद गरेको थियो ।
अनुसन्धान गर्ने क्रममा अञ्जलीका श्रीमान् हरेराम यादब र १० महिने छोरीसमेत वेपत्ता रहेको खुलेको छ । श्रीमान्ले नै अञ्जलीको हत्या गरेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । गत शनिबार रामहरि र अञ्जलीबीच घरासयी विवाद भएको थियो । अर्कोदिन रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएर वेपत्ता भएका थिए ।