सुनाखरी न्युज/ काठमाडौं ।
बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिभावक बन्ने भएका छन् । यी जोडीले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफुहरु आमाबुवा बन्न लागेको बताएका हुन् ।कियारा र सिद्धार्थले आफ्नो इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै ुहाम्रो जीवनको सबैभन्दा मीठो खुसी चाँडै आउँदै छु भनेर लेखेका छन्।
कियारा र सिद्धार्थले यो खुसीको खबर साझा गर्ने बित्तिकै उनीहरूका साथीभाइ र फ्यानहरूले उनीहरूलाई बधाई दिन थालेका छन्। अभिनेत्री नेहा धुपियाले जोडीलाई बधाई दिइन्। यसबाहेक इशान खट्टर, रिया कपूर, शिबानी दांडेकर लगायत धेरै स्टारहरूले जोडीलाई बधाई दिएका छन्।