२०८१ चैत्र १९ , बुधवार

सुनचाँदी व्यवसायीकोआयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

gandaki

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश र सुनचाँदी व्यवसायी संघ कास्कीको संयुक्त आयोजनामा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १७६ पृण्ट रगत संकलन भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ स्थापना दिवस अवसरको पुर्व सन्ध्यामा सो कार्यक्रम आयोजना गरिएको हो ।

संघका अध्यक्ष भविन्द्र बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका बिशिष्ट सदस्य मोहन कुमार सुनार हुनुहुन्थ्यो। उहाँले ब्यवसायीका हरेक समस्यामा निरन्तर लागिरहेको छु। राज्यलाई अप्ठ्यारो परेको बेला व्यवसायीहरुको ठूलो योगदान छ। भुकम्पको बेला राज्यकोषमा रकम जम्मा गर्नका साथै धेरै घर बाँसको ब्यवस्था गरियो।

यसैगरी कोविडबेला गण्डकी प्रदेशले हेल्प डेक्स नै स्थापना र राहत कोषको व्यवस्था गरी काम गरेको थियो। आज रक्तदान कार्यक्रम गरेर आफुलाई अब्बल सावित गरेको छ। त्यसैगरी कास्कीले प्रदेशको योजना सफल पार्न र आफुलाई अग्र स्थानमा उभ्याउन आजको कार्यक्रम प्रमाणित गरेको छ। यसको उच्च कदर हुने बताउँदै रक्तदाता हरुलाई धन्यवाद दिनुभयो।

यसैगरी गण्डकी प्रदेश सांसद माननीय दिलमाया पौबिले सुनचाँदी व्यवसायी क्षेत्रमा र सामाजिक क्षेत्रमा गण्डकी प्रदेश र सभापति चन्द्र किशोर गौतम कृयाशिल सकृय योगदान कर्ता रहेको बताउँदै सबै जिल्लाले अपनत्व महशुस गरेका छन् भन्नुभयो। कार्यक्रममा महासंघका सचिव निर्मल दियाली, ब्यवसायी परामर्श समितिका संयोजक दुर्गा बहादुर सुनार, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर केसी, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तम बुद्धाचार्य, प्रदेश उध्योग वाणिज्य सङ्घका काशी गुरुङ रत्न आभुषण संघका अध्यक्ष भरत बिक,जनमूखि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपलाल सुनार, लगायतले बोलेका थिए। कार्यक्रम आयोजक गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतमले हामीले आह्वान गर्यौ तपाईं हरुले साथ दिनुभयो र हामी सफल भयौं, रक्तदाता प्रदेश समिति कास्कीका पुर्व अध्यक्षहरु सल्लाहाकार, कार्य समितिका पदाधिकारी सदस्य, प्रमुख अतिथि, अतिथि रक्त सञ्चार का प्राविधिक सबै सबैलाई धन्यवाद दिनुभयो। संयोजन कास्कीका प्रवक्ता राज कुमार घिमिरेले गर्नु भएको थियो स्वगत मन्तव्य अध्यक्ष भविन्द्र बिश्वकर्माले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला महासचिव कमलमान सुनार ले गर्नुभएको थियो।