२०८२ जेठ ३ , शुक्रवार

रणवीर अल्लाहबादियालाई शो संचालन गर्न अदालतको अनुमति

03ranveer-allahbadia

 

सुनाखरी न्युज/ काठमाडौं ।

रणवीरले अदालतमा निवेदन दायर गर्दै कार्यक्रम प्रसारण हुनबाट रोक्ने अदालतको आदेशको अंश हटाउन माग गरेका थिए । समय रैनाको कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ मा आमाबाबुमाथि गरिएको अपमानजनक टिप्पणीको विवाद पछि, देशका धेरै शहरहरूमा उनी विरुद्ध एफआईआर दायर गरिएको थियो । यसपछि, सेलिब्रेटीहरूले इलाहाबादियाको पोडकास्ट ‘द रणवीर शो’ मा आउन अस्वीकार गरेका थिए ।रणवीरले सर्वोच्च अदालतमा एक याचिका लगाउँदै आफूमाथि गिरफ्तारीको रोक लगाएका थिए।

अदालतले १८ फेब्रुअरीमा रणवीरको याचिकामाथि अन्तरिम आदेश दिँदै गिरफ्तारीमा रोक लगाएको थियो। त्यतिबेला अदालतको अर्को आदेश नआउन्जेल रणवीर र समयलाई कुनै शो प्रसारण नगर्नू भनिएको थियो।अदालतले कार्यक्रमको क्रममा इलाहाबाद अदालतमा चलिरहेको यो मुद्दाको बारेमा कुनै टिप्पणी गर्ने छैनौं, देश छोड्न सक्ने छैनन् र सबै उमेर समूहका मानिसहरूका लागि कार्यक्रमहरू बनाउनुपर्ने लगायतका शर्तसहित कार्यक्रम चलाउन अनुमति दिएको छ ।

इलाहाबादियाले अदालतमा आफ्नो पोडकाष्टमा २८० कर्मचारीहरू संलग्न रहेकाले शो संचालनमा लगाइएको रोक फुकुवा गर्न माग गरेका थिए । ‘द रणवीर शो’ पोडकास्टले स्वास्थ्य, प्रविधि, इतिहास, खेलकुद र मनोरञ्जनदेखि सफलताका कथाहरूसम्मका विषयहरूलाई समेट्छ । उनको कार्यक्रममा अहिलेसम्म रोहित शेट्टी, अक्षय कुमार, विक्की कौशल, जोनी लिभर र पूर्व क्रिकेटर युवराज सिंह जस्ता धेरै सेलिब्रेटीहरूले भाग लिएका छन् ।