सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको भयो । सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । सिर्जनशील लघुवित्तको ९, नेपाल रिपब्लिक मिडियाको ७.४ तथा समाज लघुवित्तको ५.८७ प्रतिशत मूल्य घट्यो । आज पनि हिमालयन रिइन्स्योरेन्सको १ अर्ब बढीको कारोबार भयो ।अघिल्लो दिन यस कम्पनीको १ अर्ब ३८ करोडको कारोबार भएकोमा आज १ अर्ब ९ करोडको भयो । हिमालयन रिपछि नेपाल पुनर्बीमा कम्पनी, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर र युनिभर्सल पावर क्रमशः अगाडि रहे ।