सुनाखरी न्युजर काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । २०८१ फागुन २० गते मंगलबार महासंघको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक बिशेष समारोहकावीच स्थापना दिवस मनाइएको हो ।
त्यसक्रममा महासंघका अध्यक्ष अर्जुन रसाइलीले नेपाली परम्परा अनुसार दहीको सगुन बाँडेर स्थापना दिवसको उद्घाटन गर्नुभयो । त्यसक्रममा उहाँले माहासंघको स्थापना भएको १२ बर्ष भैसेकेको भन्दै यस अवधिमा महासंघले धेरै काम गरेको र बाकी काम पनि सवै मिलेर गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
त्यसक्रममा महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्य, विशिष्ट सदस्य मोहन सुनार, संस्थापक अध्यक्ष एवं सल्लाहकार मणिरत्न शाक्य लगायतले महासंघको स्थापना देखि हालसम्मका विभिन्न पक्ष बारे प्रकाश पार्नुभयो ।
सो कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दियेस रत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महासंघका उपाध्यक्षहरु क्रमशः धर्मशुन्दर बज्राचार्य, वुद्धि दियाली, राजु धमलाा, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायत विभिन्न पदाधिकारी, कार्य समितिका सदस्यहरु, प्रदशे सभापतिहरु एवं महासंघका कर्मचारीहरुको सहभागिता थियो ।
यसैवीच महासंघले आफ्नो ११ औं स्थापना दिवसकै अवसरमासोही दिन विहाना काठमाडौंको गोकर्ण स्थित संयुक्त अपाङग आश्रममा आश्रिम ५७ जना विद्यार्थीहरुका लागि रु २० हजार सहयोग उपलब्ध गराएको थियो ।
महासंघको १२ औं स्थापना दिवसकै अवसरमा विभिन्न प्रदशे तथा जिल्ला-नगर संघहरुमा समेत विभिन्न कार्यक्रम आयोजना भएको छ ।