२०८१ चैत्र २७ , बिहिवार

मन्त्री बद्री प्रसाद पाण्डेलाई ‘टुरिजम मिनिस्टर अफ द इयर’अवार्ड

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टरनेशनल टुरिजम बोर्सी (आईटिवी) बर्लिन–२०२५ मा वल्र्ड टुरिजम एण्ड एभिएसन समिट–२०२५ को अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बद्री प्रसाद पाण्डेज्यूलाई ‘टुरिजम मिनिस्टर अफ द इयर’ अवार्ड प्रदान गरिएकोमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारी लगायत समस्त निगम परिवार हार्दिक बधाई ज्ञापन गर्दछौं ।

नेपालको पर्यटन क्षेत्रका लागि अन्तर्राष्ट्रिय रुपमा यस किसिमको ठूलो सम्मान प्राप्त हुनु गौरवको विषय भएकोले यस क्षेत्रमा अझै राम्रो कार्य गर्न समस्त निगम परिवारमा थप हौसला र प्रेरणा मिलेकोले आ–आफ्नो क्षेत्रबाट सकारात्मक नतिजा देखिने गरी कार्य सम्पादन गर्न हामी उत्साहित समेत भएका छौं ।