सुनाखरी न्युज/ काठमाडौं ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा शनिबार ९फागुन २४० भूकम्पको धक्का महसुस गरिएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।
नेपाली समयानुसार दिउँसो २ बजेर ३५ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
सोही क्षेत्र केन्द्रविन्दु भएर यही वर्ष पुस २३ गते ७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पुस २९ गते बेलुका दिंगी आसपास नै केन्द्रविन्दु भएको ५।६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।