२०८१ चैत्र १२ , बुधवार

जनकपुरमा टाटाको नंया गाडीहरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा। लि।ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ। जनकपुरस्थित गिरिजा अटोमोवाइलस् मा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा। लि।का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख अतिथित्व रहेको थियो । कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भन्नुभयो, ू आज जनकपुरमा टाटाका नंया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं।

अब ग्राहकहरुले टाटाको इभिहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ। इन्ट्री लेभल गाडी खोजिरहनु भएको ग्राहकले टियागो इभि रोज्न सक्नु हुन्छ। बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि रोज्न सक्नु हुन्छ। अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के३ इभि रोज्न सक्नु हुन्छ। र प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ इभि टप भेरिएन्ट लिन सक्नु हुन्छ। साथै भारतमा टाटा कम्पनिले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्नु हुन्छ। त्यस्तै गिरिजा अटोमोवाइलस् का प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ इभि र नेक्सन के३ इभिले त्यो पुरा गरेको बताए। जनकपुरमा लन्च सकेर अब टाटाका नंया गाडीहरुको रिजनल लन्च बिरगंजमा हुन लागेको छ ।