२०८१ चैत्र २९ , शनिवार

भूमिहिन दलित र सुकुम्बासीलाई सरकारले लालपुर्जा बितरण गर्छ : मन्त्री अधिकारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्वासीले छिट्टै प्रक्रिया पुरा गरेर लालपुर्जा बितरण गर्ने बताउनु भएको छ । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराउनु भयो ।
भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्तरुपमा आयोजना गरेको भूमिहिन सुकुम्बासी एवं बहुआयामिक गरिब दलित समुदायका लागि भूमि बितरण र गरीबी निवारणका सवाल : संवैधानिक अधिकारहरुको प्रश्न बिषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले राष्ट्रिय भूमि आयोगले देशभर भूमिहिन, दलित र सुकुम्वासीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर बास्तविक भूमिहिनलाई जग्गा बितरण गर्ने प्रक्रिया अघि बढाएको स्पष्ट पार्नुभयो ।

दलित समुदायले बषौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफु जानकार रहेको मन्त्री अधिकारीको भनाई छ । उहाँले अहिले जारी भएको भूमि अध्यादेश दलित, भूमिहिनहरुको समस्या समाधानका लागि सहजिकरण गर्न ल्याइएको बताउनु भयो । सोहि कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रभु हजारा पासवानले देशभरकै भूमिहिन दलितहरुको भूमि समस्या समाधानका लागि यो सरकारले परिणममुखी काम गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा भूमि क्षेत्रका दलित अधिकारीकर्मीको सहभागीता रहेको थियो ।