२०८१ फाल्गुन २९ , बिहिवार

डीएसपी कार्की र बस्नेत एसपी बढुवामा सिफारिस

Nepal-Police-Logo

सुनाखरी न्युज/ काठमाडौं ।

दुई प्रहरी नायव उपरीक्षक (डीएसपी) नायव उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

जनपद प्रहरी समूहका दुई डीएसपीलाई सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

 

सिफारिस समितिका अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखाका डिएसपी रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारका ज्ञानेन्द्रबहादुर बस्नेतलाई बढुवाका लागि सिफारिस गरिएको छ ।