२०८१ चैत्र ३० , आइतवार

युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा

donald trump

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपीयन युनियनसँग जवाफी आयातकर असुल्ने बताएका छन् । युरोपीयन युनियनले २८.३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफुहरुले पनि ट्यारिफ लगाउने ट्रम्पले उदघोष गरेका हुन् ।

‘हामीसँग जुन सुकै शुल्क लिइन्छ, हामी उनीहरुसँग असुल्नेछौं, ट्रम्पले भनेका छन् ।’ उनले यसै महिनाको सुरुवातमा घोषित गरेको स्टील, आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपीयन युनियनले जवाफी ब्लकको घोषणा गरेको छ ।

क्यानाडाले समेत कुनै पनि अमेरिकी सामान आयातमा जवाफी उपायको घोषणा गरेको छ । जसमा क्यानाडाले २० बिलियन अमेरिकी डलरमाथिको सामानमा दोहोरो अंकको ट््यारिफ लगाउने भनेको छ ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले समेत ट्रम्पको आयातकर अडानलाई लिएर आफुहरु सबै विकल्पहरु टेबलमा राखेर बसिरहेको प्रतिक्रिया दिएका छन् ।

एजेन्सी