२०८१ चैत्र १ , शनिवार

‘सोलार आवर’ सुरु, उद्योगमा १२ घण्टासम्म लोडसेडिङ हुने

Bidhut-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो । भारतबाट ७ सय मेगावाटभन्दा धेरै बिजुली आयात भइरहेको बेला  शनिबार चैत २ गते (मार्च १५) बाट ‘सोलार आवर’ सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली किन्दै आन्तरिक माग पूर्ति गर्ने प्रयास गरिरहेको छ ।

विद्युत उत्पादन कम हुने मार्च १५ देखि मे १५ सम्म तीन महिनाको समयमा भारतीय एक्सचेन्ज मार्केटमा ‘सोलार आवर’ अर्थात् बिहान ६ देखि बेलुकी ६ बजेसम्म मात्रै बिजुली आयात गर्न सकिन्छ । रातिको समयमा आयात गर्न सकिन्न।

हाल नेपालले भारतबाट पिक आवर बाहेक समयमा विद्युत् आयात गरिरहेको छ । अर्थात्, साँझ ६ देखि १० बजेसम्म बाहेक २० घण्टा विद्युत् आयात भइरहेको छ । त्यसरी आयात हुने विद्युत्ले नेपालको उत्पादनले नपुग्ने माग धान्न सहयोग गरेको छ । त्यति हुँदा पनि उद्योगमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।‘कतिपय स्थानमा घरायसी ग्राहकलाई पनि लोडसेडिङ हुन सक्छ, औद्योगिक ग्राहकमा भइरहेको लोडसेडिङको अवधि निश्चित रूपमा बढ्ने छ,’ उनले भने ।

भारतबाट दिउँसो मात्रै विद्युत् आयात हुँदा पनि आपूर्तिमा खासै असर नपर्ने विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषको दाबी छ । १५ मार्चदेखि भने सन आवर अर्थात बिहान ६ देखि बेलुका ६ बजेसम्म १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात हुने भएको छ । यसले उद्योगहरूमा भइरहेको लोडसेडिङ बढेर कम्तीमा पनि १२ घण्टा पुग्ने करिब निश्चित भएको विद्युत प्राधिकरणले बताएको छ ।