२०८१ चैत्र २ , आइतवार

नेप्सेको सीईओका लागि ५ उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

 

समितिले संक्षिप्त सूची तयार गरी चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो । गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको हो ।

 

दरखास्त दिएकामध्ये युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी सर्टलिस्टमा परेनन् ।

सर्टलिस्टमा परेकाहरुको अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने छ । त्यसका लागि चैत ६ गते बुधबार बिहान सात बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ ।

 

प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले सीईओ नियुक्तिका लागि सिफारिस गर्नेछ । समितिको सिफारिसको आधारमा एक जनालाई मन्त्रिपरिषद बैठकले सीईओ नियुक्तिको निर्णय गर्नेछ ।

नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न अर्थ मन्त्रालयले फागुन ११ गते सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख पोखरेल संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, डा. खोमराज खरेल सदस्य छन् ।