२०८१ चैत्र २ , आइतवार

कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघको तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न, सर्वसम्मत नयाँ नेतृत्व चयन

484875733_18452173615072174_5087518460457221267_n

सुनाखरी न्युज/ काठमाडौं ।
कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघको तेस्रो साधारणसभा तथा अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको प्रमूख आतिथ्यतामा सो साधारण सभा तथा अभिवेशन सम्पन्न भएकोे हो ।

त्यसक्रममा महासंघवाट वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनवाट सर्व सम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा पुनः वुद्धिवहादुर गदाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै अधिवेशनबाट उपाध्यक्षमा प्रदिप विश्वकर्मा, महाससचिवमा सागर सेन्चुरी, सचिवमा कुमार विश्वकर्मा, कोषाध्यक्षमा कृष्ण कुमार विश्वकर्मा, सह–कोषाध्यक्षमा ज्योति विश्वकर्मा लगायतको सिङगो कार्यसमिति सर्वसम्मत चयन भएको हो ।