२०८१ चैत्र १४ , शुक्रवार

होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहार, एक युवकको मृत्यु

death

सुनाखरी न्युज/ काठमाडौं ।

जनकपुरधाममा होली खेल्ने क्रममा विवाद बढ्दा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् ।

शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा होली खेल्ने क्रममा केही युवकहरू बिचको विवादमा २१ वर्षीय धर्मेन्द्र महताले १९ वर्षीय आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो ।धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो ।