नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। इण्डियन आयाल कर्पोरेसनबाट नयाँ खरिद मूल्य घटेर आएपछि निगमको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ घटाउने निर्णय भएको जनाएको छ। मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६०।५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४८।५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।
त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको निगमले जनाएको छ।शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।