सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा बिमल प्रसाद ढकाल, श्री कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित हुनु भएको छ । साथै, निर्वाचन सम्पन्न भए पश्चात् आज मिति २०८१÷१२÷२ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष श्री गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गर्नु भएको व्यहोरा जानकारी गराउदछौं ।