२०८१ चैत्र ८ , शनिवार

सुष्मा दाहालले पहिरिइन ब्ल्याक डाइमन्ड ब्युटिसियन नेपालको ताज

black-dimond

सुनाखरी न्युज/ काठमाडौं ।
‘ब्ल्याक डाइमन्ड ब्युटिसियन नेपाल-२०२५’ ताज काठमाडौँ सुकेधाराकी सुष्मा दाहालले जितेकी छन्।

ब्युटिसियनहरूको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ताजसँगै उनले एनएफईए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसर प्राप्त गरेकी छन्। उनले टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमन्ड’का तर्फबाट एक लाखको छात्रवृत्ति प्याकेजसमेत प्राप्त गरिन्।

राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा बिहीबार  सम्पन्न कार्यक्रमकी फर्स्ट रनरअप सुशीला राई बनिन् भने प्रीति खड्का सेकेन्ड रनरअप बन्न सफल भइन्। उनीहरूले क्रमशः पचास हजार र पच्चिस हजारको छात्रवृत्ति प्याकेज प्राप्त गरेका छन्।