२०८१ चैत्र ९ , आइतवार

महिलाहरूको स्वास्थ्यमा सचेतना जगाउने उद्देश्यले काठमाडौंमा ‘काठमाडौँ पिंक केयरएथन’ आयोजना

carethan–1024×441

सुनाखरी न्युज/ काठमाडौं ।

महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।
लेजर पोर्ट नेपालले यो कार्यक्रमको आयोजना गरेको हो ।लेजर पोर्ट नेपालले गर्न लागेको केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायत विभिन्न कार्यक्रम हुनेछन् ।

जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यस इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको थियो भने बिजेताहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्ने उदेश्यका साथ पिंक केयरएथन आयोजना गरिएको आयोजकले जनाएको छ ।

काठमाडौँ पिंक केयरएथनको यस संस्करणलाई भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले संचालन गरेका थिए भने काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल समेत सहभागी हुनुभएको थियो । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौँ पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्टलाई यस वर्ष पुनरागमन गरिएको हो ।