सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राज्य अमेरिकाले शनिबार होडेइडाको विमानस्थलमा आक्रमण गरेको यमनी सञ्चारमाध्यमले हुथी स्रोतलाई उद्धृत गरी जनाएका छन् । हुथी निकट अल–मसिराह टिभीले ‘अमेरिकी आक्रामकता’लाई दोष दिँदै रेड सीको तटमा रहेको होडेइडास्थित विमानस्थललाई लक्षित गरी तीनवटा आक्रमण भएको जनाएको छ । बुधबार संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले विद्रोहीविरुद्ध ‘निरन्तर कारबाही’ भइरहेको पुष्टि गरेपछि इरान समर्थित विद्रोहीको टेलिभिजन च्यानलले बुधबार र शुक्रबार यस्तै आरोप लगाएको थियो । मार्च १५ मा संयुक्त राज्य अमेरिकाले हवाई आक्रमणको एक श्रृङ्खलाको घोषणा गरेको थियो जसमा अधिकारीहरूले वरिष्ठ हुथी नेताहरूसहित ५३ जनाको मृत्यु भएको विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्रोहीहरूले इजरायली पानीजहाजमा पुनः आक्रमण गर्ने धम्की दिएपछि र ट्रम्पले कार्यभार सम्हालेपछि पहिलो पटक अमेरिकाको यो आक्रमण भएको हो ।
रासस/एएफपी