२०८१ चैत्र १२ , बुधवार

सानिमा बैंकद्वारा Global Money Week 2025 मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म Global Money Week 2025 अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको ”Think before you follow, wise money tomorrow” नारा लाई टेवा पु¥याउने गरी विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ ए.टि.एम सञ्जालहरु संचालनमा छन् ।