२०८१ चैत्र १६ , आइतवार

बिरालो मार्ने व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाइएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले आइतबार यो आदेश दिनुभयो । फेब्रुअरी ५ मा, बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गर्नुभयो । मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको बताउनुभयो ।यसपछि सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिन्छ ।

रासस/सिन्ह्वा