सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेतीले भ्रष्टाचार गरी गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको हुँदा निजको सम्पत्ति छानविन गरि हदै सम्मको कारवाही गरी पाँउ भन्ने उजुरी रहेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत दिनेश लुईटेलको प्रतिवेदनले नेपाल सरकार वादी र प्रतिवादी नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेतीले भ्रष्टाचार गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट विस्तृत अनुसन्धान भई सम्मानित सर्वोच्च अदालतको मिति २०८१र०८र१२ गतेको फैसलाले गौरी दत्त उप्रेतीको नाती, देवी प्रसाद उप्रेतीको छोरा जिल्ला चितवन, खैरहनी गा।बि।स वडा नं ८, जमौली स्थायी घर भै हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १६, बनस्थली, बस्ने बर्ष ६५ को ध्रुव कुमार उप्रेतीलाई रु.२,५५,१६,४८३/– (दुई करोड पचपन्न लाख सोह्र हजार चार सय त्रियासी रुपैयाँ० जरिवाना र ६ (छ) महिना कैद हुने ठहर भएकोमा सो सजाय वेरुजू भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटीएको प्रहरी टोलिले मिति २०८१/१२/१० गते जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं. १६ बनस्थलीबाट पक्राउ गरी मिति २०८१/१२/११ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको र सम्मानित अदालतबाट डिल्लिबजार कारागार चलान भएको व्यहोरा सूचित गरिन्छ ।
पक्राउ प्रतिवादीको विवरण :
नाम: ध्रुव कुमार उप्रेती ।
उमेर: ६५ बर्ष ।
वतन: जिल्ला चितवन, खैरहनी गा.बि.स वडा नं ८, जमौली स्थायी घर भै हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं १६, बनस्थली ।
पक्राउ स्थान : जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं. १६ .