२०८१ चैत्र १७ , सोमवार

त्रिशूलीमा ट्रक खस्याे, चालककाे मृत्यु

trisuli-accident

सुनाखरी न्युज/ काठमाडौं ।

नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खसेको छ । ट्रक खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।

आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो ।

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको हो । सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।