सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उर्जा जलश्रोत तथा सिँचाइं मन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई पदमुक्त गर्ने निर्णय गर्दै नयाँ कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।
झण्डै तीन साता अघि बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा पदबाट किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो । छलफल क्रममा गृहमन्त्री रमेश लेखकले घिसिङलाई हटाउन नहुने बताएका थिए। यो विषय अदालतसम्म पुगे अदालतले घिसिङलाई फेरि पुनर्स्थापना गर्ने सम्भावना भएकाले सरकारले यस्तो निर्णय गर्न नहुने मन्त्री लेखकको धारणा थियो।
गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ को निर्णयअनुसार तीन दिनभित्र सफाइ पेस गर्न पत्राचार गरेको थियो। मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०।३ को अवस्था उत्पन्न भएकाले सोही दफा १०।३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी नियुक्ति रद्द किन नगर्ने भन्ने प्रश्न सोधेको थियो।